शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा २४७ सहित देशभर थप ५३४ जनामा कोरोना पुष्टी, ४४७ डिस्चार्ज

१६ पुष, २०७७ १७:०८ मा प्रकाशित

368 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ जनासहित देशभर थप ५३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। १९६ महिला र ३३८ पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४४७ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ। यस्तै अहिले ३६२ जना क्वारेन्टाईनमा रहेका छन् भने र ६ हजार ३७८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome