मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

प्रदेश १ का नेकपा संसदीय दलको नेतामा भीम आचार्य

१६ पुष, २०७७ १७:१२ मा प्रकाशित

451 पटक पढिएको

bhim acharya

विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपा संसदीय दलको नेताबाट हटाएको छ। बिहीबार आकस्मिक संसदीय दलको बैठक बोलाएर मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

पुस १९ गते संसदीय दलको बैठक बोलाएकोमा पुनः बैठक सारेर बिहीबार बिहानै बैठक राखेर मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोध्ने र कारबाही गर्ने चेतावनी दिनथालेपछि आकस्मिक रुपमा बैठक बोलाएर बर्खास्त गर्ने निर्णय गरेको संसदीय दलका उपनेता टंक आङ्बुहाङले जानकारी दिए।

मंगलबार आकस्मिक सूचना निकालेर बुधबार बिहान ९ बजे बैठक बोलाएको आङ्बुहाङको बताए। ‘बहुमत सदस्यको अविश्वास प्रस्ताव आएपछि दलको नेताको हैसियतमा कुनैपनि काम नगर्न सुचित गरेका थियौँ, उपनेता आङ्बुहाङले भने, ‘सांसदलाई धम्क्याउने काम गरेकाले आकस्मिक रुपमा दलको बैठक राखेर निर्णय गरिएको हो।’

बिहीबार बिहान ९ बजे बसेको बैठकले राईलाई पदमुक्त गरेर भीम आचार्यलाई दलको नेतामा चयन गरेको छ। प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले दलका उपनेता टंक आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा पुगेर दलको नेताबाट वर्तमान मुख्यमन्त्री तथा आफ्नो दलका नेता राईलाई बहुमत सांसदहरुले निष्कासन गरेको पत्र बिहीबार दर्ता गरेको पुष्टि गरे ।

यसअघि गत आइतबार मुख्यमन्त्री राईविरुद्ध संसदमा नेकपाकै ३७ जना सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेका थिए । सोही दिन नेकपा संसदीय दलको नेताबाट पनि उनलाई हटाउन ३६ जना सांसदले संसदीय दलका उपनेता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome