बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

फरार रहेका लुम्बिनी चिनी मिलका संचालक वीरगन्जबाट पक्राउ

१६ पुष, २०७७ १७:१४ मा प्रकाशित

557 पटक पढिएको

arrested illustration

वीरगन्ज – नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ परेका छन् । उखु किसानको बक्यौता तिर्न रहेका चिनी मिलका संचालकविरुद्ध सरकारले पक्राउ पूर्जी जारी गरेपछि फरार रहेका अग्रवाललाई बिहीबार बिहान वीरगन्जबाट प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको अपराध महाशखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी अग्रवाललाइ पक्राउ गरेको हो । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक धिरज प्रताप सिंहले अपराध महाशाखा बानेश्वरको आग्रहमा पर्सा प्रहरीले अग्रवाललाई वीरगन्जबाट पक्राउ गरेको जानकारी दिए ।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने आवश्यक अनुसन्धानका लागि अग्रवाललाई प्रहरी कार्यालयमा बोलाइएको बताइन् । उनले भनिन्, ‘प्रहरीले पक्राउ गरेको चाहि होइन, जिल्ला प्रहरी कार्यालय नवलपरासीको आग्रहमा अग्रवाललाई सोधपुछका लागि बोलाइएको हो, त्यसका लागि उहाँ आफै नवलपरासी प्रहरी कार्यालयमा जानुहुनेछ ।’

नवलपरासीको सुनवल स्थित लूम्बीनी चिनी मिल सुशिला गोयलको नाममा दर्ता छ । तर अंशबन्डा हुँदा सुशिलाका जेठाजू मनोज अग्रवालको भागमा चिनी मिल परेको थियो । यसअघि चिनी मिलको स्वामित्व विवाद हुँदा उखु किसानको रकम बक्यौता रहन गएको चिनी मिल व्यवस्थापनले जनाएको थियो । लुम्बिनी चिनी मिलले उखु किसानलाई करिब १७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome