बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

दलीय प्रतिनिधि राष्ट्रप्रमुख रहने व्यवस्थाले मुलकमा कन्तबिजोग : जबरा

१६ पुष, २०७७ १७:१९ मा प्रकाशित

433 पटक पढिएको

pashupati shamsher jb rana

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले मुलकमा विद्यमान कन्त बिजोगको एक प्रमुख कारण दलीय प्रतिनिधि राष्ट्रप्रमुख रहने व्यवस्था भएकाले राजसंस्थालाई पुनर्स्थापना गर्नुपर्ने धारणा अघि सारेका छन् ।

‘मलुकमा व्यवस्था सुधार गर्न, हिन्दु राष्ट्र पूनस्र्थापना गर्न र राजसंस्थालाई आलङकारिक रुपमा राष्ट्रप्रमुख पूनस्र्थापना गर्नु आवश्यक भएको छ,’ अध्यक्ष राणाले भने । यही उद्देश्य प्राप्त गर्न राप्रपाले पुष १७ गते, काठमाडौंमा विशाल जनप्रदर्शनको आयोजना गरेको छ ।

दलीय प्रतिनिधिलाई राष्ट्रप्रमुख बनाउनुको सट्टा, त्यो पद र तहमा राजसंस्थालाई पुनर्स्थापना गर्नु पर्नेमा राणाको जोड छ । राप्रपाद्वारा आयोजित विशाल जनप्रदर्शनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै राणाले सो विचार सार्वजनिक गरेका हुन् ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पूनस्र्थापना, गोलमेच सम्मेलन, भ्रष्टाचार नियन्त्रण, तीन तहको अव्यवहारिक कर खारेजी, महिला हिंसा र छुवाछुतको अन्त्य, वञ्चित र विपन्नलाई आरक्षण, कोभिड व्यवस्थापन लगायतका माग राख्दै सडक प्रदर्शन आयोजना गरेको हो ।

शुक्रबार ११ बजे भृकुटीमण्डपबाट आरम्भ हुने जनप्रदर्शनमा सहभागी हुन अध्यक्ष राणाले सम्पूर्ण देशभक्त नागरिकहरुलाई आह्वान गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome