शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

बिष्णुमती पुलमा भ्रष्टाचार : पप्पु कन्स्ट्रसनका संचालकसहित ५ जनाविरुद्ध मुद्दा

१७ पुष, २०७७ ०८:३८ मा प्रकाशित

353 पटक पढिएको

bishnumati bridge

काठमाडौं – टेकुस्थित विष्णुमति नदीको पुल निर्माणमा ठूला भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ। निर्माण कम्पनी जिआइईसी पप्पु जेभीले सर्त र मापदण्डअनुसार निर्माण नगरेको कारण त्यो पुल जोखिमयुक्त छ। गुणस्तरहीन र जोखिमपुर्ण पुल प्रयोगमा रोक लगाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी पप्पुका संचालक सुमित रौनियार र तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुख वेलबहादुर नेपालीसमेत ५ जनाविरुद्ध एक करोड १४ लाख ७६ हजार भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौं दिगो शहरी यातायात आयोजनाअन्तर्गत टेकुमा निर्माणाधीन सो पुल सम्झौता बमोजिमको सर्त र मापदण्ड, स्वीकृत डिजाइन तथा स्पेशिफिकेसन बमोजिम निर्माण नगरेकोले आयोजनाले काम रोकी त्रुटी सच्याउन पत्राचार गरेपनि निर्माण व्यवसायीद्वारा निर्देशनको बेवास्ता गरी पुल निर्माण अगाडि बढाएको भन्ने उजुरी परेको थियो।

यो उजूरीका सम्बन्धमा अनुसन्धान आयोजना प्रमुख नेपाली, निर्माण कम्पनी पप्पुका सुमित रौनियार, आयोजनाका तत्कालीन लेखा अधिकृत नारायणबहादुर थापा,तत्कालीन लेखापाल गिरीप्रसाद श्रेष्ठ, तत्कालीन लेखा अधिकृत श्यामबहादुर खत्रीलाई प्रतिवादी बनाइएको छ। आयोजना प्रमुख नेपाली,लेखा अधिकृतद्वय थापा र खत्री तथा लेखापाल श्रेष्ठविरुद्ध ८ देखि १० वर्षको सजायको माग गरिएको छ भने पुप्पका रौनियारविरुद्ध दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिवाना गरी बिगो समेत जफतको माग दाबी गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome