बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

थप ४२६ जनामा कोरोना पुष्टी, ७४८ जना डिस्चार्ज

१७ पुष, २०७७ १६:४९ मा प्रकाशित

209 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। यो सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७४८ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५३ हजार १०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ। ३६७ जना क्वारेन्टाईनमा रहेका छन् भने ६ हजार ४८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। २३४ जनाको आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome