सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

बाल विवाहको आरोपमा स्याङ्जाबाट बेहुलासहित ५ जना पक्राउ

५ श्रावण, २०७७ १२:३९ मा प्रकाशित

618 पटक पढिएको

child marriage in nepal

स्याङ्जा – बाल विवाह आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ का २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया बालिकासँग बिहे गरेको उजुरीका आधारमा पाँचजनालाई प्रहरीले पक्राउ हो ।

गत असार २१ गते तिवारीले ती बालिकासँग बिहे गरेको भन्दै सोही गाउँपालिका ३ बस्ने केशवराज पौडेललगायतले प्रहरीमा जाहेरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरीले बेहुला तिवारीसहित दुबैतर्फका बुवा, आमागरी पाँचजनालाई हिरासतमा राखी अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

आरोपित पाँचजनाविरुद्ध ‘बाल विवाह’ मुद्दा दर्ता गरी जिल्ला अदातलबाट पाँच दिनको म्याद थप भएको प्रहरीको भनाइ छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome