बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ

१७ पुष, २०७७ १७:१५ मा प्रकाशित

919 पटक पढिएको

bulglars in custody

काठमाडौं – महानगरिय अपराध महाशाखाको टोलिले लुटपाटमा संलग्न ५ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं २६ नरदेबी घर भई चक्रपथ बस्दै आएका बर्ष २६ का अमीत तुलाधर, बर्ष २२ का अभय तुलाधर, बर्ष १८ का रोहित शाही, काठमाडौं कमलादी घर भई भुरुङ्गखेल बस्ने बर्ष २९ का रोहन शाही र जुम्ला जिल्ला सिञ्जा गाउँपालिका २ घर भई काठमाडौ बसुन्धरा बस्ने हरी शर्मा रहेका छन ।

उक्त समुहले यही पुष १५ गते ३ बजेको समयमा काठमाडौ ७ चाबहिलमा पुरानो बानेश्वर स्थित रहेको सन्दुक सहकारी संस्थाका बजार प्रतिनिधि प्रेम गजमेरलाई धारिलो हतियार प्रहार गरी धाईते बनाई निजको साथमा रहेको २ लाख रुपैयाँ लुटी फरार भएको थिए ।

प्रहरीले सिसिटिभि पुटेजको आधारमा पहिचान भएका अमीत तुलाधर लगायत घट्नामा संलग्न रहेका अन्य ब्यक्तिहरु समेतलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनिहरुले विभिन्न स्थानबाट चोरी गरेको ४ थान स्कूटर, १ थान मोटरसाइकल र लुटिएको नगद समेत बरामद गरिएको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो।

bulglars in custody
bulglars in custody

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome