मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

ढिलोमा दुई साताभित्र बागमतीमा सफा पानी बग्छ : मन्त्री थापा

१८ पुष, २०७७ ०८:०८ मा प्रकाशित

532 पटक पढिएको

bagmati river cleaning plant

काठमाडौं – ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणि थापाले बताएका छन् । त्यसका लागि गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ ।

इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको बताए । शुक्रबार मन्त्री थापाले गुहेश्वरीस्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको अवलोकन गरेर पूर्ण रुपमा सञ्चालनका लागि तयार हुन निर्देशन दिएका छन् ।

उनले बाँकी कामहरु सकेर तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् । ढल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ ।

त्यस्तो फोहोर पानी प्रशोधन हुँदा दैनिक ७ टनसम्म मल निस्कने इञ्जिनियर किशोर पन्थीले जानकारी दिए । ढल प्रशोधनका क्रममा निस्कने ग्याँसबाट विजुली समेत निस्कनेछ। प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बागमतीको पानीमा सजिलै माछा लगायत जलप्राणी बाँच्न सक्नेछन् ।

ढलमा मिसिने ठोस र रसायनिक पदार्थहरु प्रशोधन भएको हुन्छ र त्यसको विषात्तपनलाई निर्मलीकरण गरिएको हुन्छ ।यो आयोजना सन् २०१६ बाट निर्माण सुरु भएको हो ।

नेपाल सरकारको ३० प्रतिशत र एशियाली विकास बैंकको ७० प्रतिशत लगानीमा सम्पन्न भएको आयोजना ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाको कुल लागत २ अर्ब ५५ करोड हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome