सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

प्रजातन्त्र र राष्ट्रियताका लागि मर्न र मार्न तयार छौं : राप्रपा

१८ पुष, २०७७ ०८:१४ मा प्रकाशित

670 पटक पढिएको

rpp on road

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब सडक आन्दोलनबाटै राजसंस्था पुनर्स्थापित गर्ने दावी गरेका छन्। शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्। राजनीतिक नेताहरुले समयमै जिम्मेवारी पूर्वक सोचेनन् भने देश द्वन्द्वतर्फ जानसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

देश द्वन्द्को अवस्थामा गइसकेपछि कांग्रेस, कम्युनिस्ट, मधेशवादी दलहरुको नियन्त्रण वा ती नेताहरुको नियन्त्रणमा परिस्थिति नरहने भन्दै समयमै राजसंस्था र हिन्दुराष्ट्र साझा एजेन्डा बनाउन आग्रह गरे। उनले भने,’ त्यसैले ढिलो नगरिकन साझा व्यवस्था र साझा प्रणाली निर्माणमा लागौं।’

उनले राजसंस्था र हिन्दुराष्ट्र अब राप्रपाको मात्र एजेन्डा नभएको बताए। उनले भने,’ हिजो कठिन घडिमा राप्रपाले बोक्यो होला। तर अब आम नेपालीको एजेन्डा बनिसकेको छ। कसैले चाहेर पनि नचाहेर पनि प्रत्येक हिन्दुहरुको घरघरमा हिन्दुराष्ट्रका बारेमा चर्चा हुन थालेको छ।’

उनले हिन्दुराष्ट्र र राजसंस्थालाई पुनर्स्थापित र संघीयतालाई पुनरावलोकन गर्नतिर नसोच्ने हो भने सडकबाटै आफ्ना मान्यताहरुलाई स्थापित गर्ने बताए। त्यसका लागि राप्रपा तयार भएर आएको पनि उनले स्पस्ट पारे।

सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान भन्दै अध्यक्ष थापाले भने, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र नेपाली जनताको आर्थिक समृद्धिका निमित्त आवश्यक पर्‍यो भने मार्न र मर्न पनि तयार भएर सडकमा आएका छौं । टाउकोमा कफन बाँधेर आएका छौं ।’

प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्नुपर्छ : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्र जोगाउन, राष्ट्रलाई स्थीर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।

‘जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापना गर्नुको विकल्प छैन । समय र जनताको माग यही नै छ,’ अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जनप्रदर्शनलाई सम्बोधन गर्दै भने ।

स्थीरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवादी सरकारले जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको भन्दै नेकपा सरकारको राणाले आलोचना गरे । अहिले आएर नेकपा मात्र नभएर, बस्तुगत रुपमा एमाले नै दुई फ्याक भएको अवस्था छ, उनले भने ।

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राप्रपाले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गरेको हो । राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारी लगायतका माग अघि सारेको छ ।

राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सोही अवसरमा लुटाहा सरकारका कारण नेपाली जनताले दुःख पाएको बताए । विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष लोहनीले केपी ओली सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघठन गरेको भन्दै कडा आलोचना गरे । संसद विघठन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको उनले बताए ।

अराजक परिस्थितिबाट मुक्ति पाउन सबै दलहरुको मनस्थितिमा परिवर्तन आउनु आवश्यक रहेको बताए । लोहनीले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्पाना गरेर राष्ट्रियता र विकासको महाअभियानमा आरम्भ गर्नु पर्ने बताए ।

‘राष्ट्रिय चरित्रका सबै शक्ति र संस्थाहरुलाई स्थान दिन प्रजातान्त्रिक र देशभक्तहरुबीच नयाँ संवाद र वृहत प्रजातान्त्रिक एकता कायम गर्नु आजको आवश्यकता हो,’ लोहनीले भने । भृकुटीमण्डपबाट सुरु भएको र्‍याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome