शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

भारतमा कोरोना खोप अभियानका लागी देशभर रिहर्सल

१८ पुष, २०७७ १६:४१ मा प्रकाशित

880 पटक पढिएको

corona vaccination drill in india

काठमाडौं – भारतले कोभिड-१९ विरुद्ध आम खोप अभियान चलाउन तयारीको परीक्षणका निम्ति शनिवार देशभर रिहर्सल गर्दैछ। दशौँ हजार स्वास्थ्य कार्यकर्ता तथा स्वयंसेवकहरू परिचालन गरेर बन्दोबस्तीमा आइपर्नसक्ने कमजोरी पत्ता लगाउने, सुविधाको तयारी अवस्था जाँच्ने र करोडौँ मानिसहरूलाई खोप दिनका निम्ति आवश्यक प्रशिक्षणको जाँच उक्त अभ्यासमा गरिने बताइएको छ ।

औषधि विज्ञहरूको समूहले भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेका कम्पनीले विकास गरेको खोप प्रयोग सिफारिस गरेको भोलिपल्ट देशभरि तयारी जाँच्न खोप लगाउने अभ्यास गरिँदै छ ।

भारतमा आउने साताहरूमा कोरोनाविरुद्ध खोप अभियान थालिने भएको छ । एक अर्बभन्दा धेरै जनसंख्या भएको भारतमा आम खोप अभियान निकै जटिल र चुनौतीपूर्ण हुने ठानिन्छ । त्यसमा खटनपटनदेखि लिएर प्रशासनिक जटिलतापनि हुनसक्छन्। खोपको वितरणमा त्यस्ता जटिलता र ढिलासुस्ती नहोस् भनेर देशव्यापी अभ्यास गरिएको भारतीय अधिकारीहरूले बताएका छन्।

त्यस्तो अभ्यास भारतका एक सय जिल्लाहरूमा गरिँदै छन्। अभ्यासको क्रममा स्वयंसेवकहरू सामान्य खोप अभियानमा जस्तै गरि तोकिएका केन्द्रहरूमा जानेछन् । अधिकारीहरूले खोप वितरणमा आवश्यक चिसो भण्डारण प्रणाली तथा वितरण केन्द्रहरूको जाँच गर्नेछन् ।

पहिलो चरणमा भारतमा ३० करोड मानिसलाई खोप लगाउने योजना रहेको छ । शुक्रवार भारतमा विज्ञहरूको समितिले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोपलाई सिफारिस गरेको थियो। उक्त खोप भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ । त्यहाँ खोपको अन्तिम स्वीकृति सरकारको औषधि नियामक निकायले केही दिनमा दिने बताइएको छ ।

भारतमा एक करोडभन्दा धेरै मानिसहरूलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने डेढ लाख जनाको ज्यान गइसकेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome