शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

आन्दोलन छोडेर निर्वाचनमा केन्द्रित हुन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

१८ पुष, २०७७ १६:४४ मा प्रकाशित

224 पटक पढिएको

pradeep kumar gyawali

तानसेन – परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले दुई तिहाई मत प्राप्त प्रधानमन्त्रीलाई चौरतर्फी घेरा हालेर काम गर्न नदिएपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशको लागी जनतामा गएको बताएका छन्। शनिबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले दुई तिहाईको सरकार हटाएर पुनर्गठबन्धनको सरकार निर्माण गर्दा मुलुक थप जटिलता र द्वन्द्वमा फस्ने भएकोले ताजा जनादेशको लागी प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नुपरेको धारणा राखे।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालप्रति लक्षित गर्दै नेता ज्ञवालीले भने, ‘तितो सत्य यही हो, उहाँहरुको पद लोभको कारण पार्टीमा गम्भीर समस्या भएको चौतर्फी घेराबन्दी गरिएको, वैधानिक बाटोबाट भन्दा मुढेबलको भरमा पार्टी र सरकार कब्जा गर्न खोजेको कारण प्रधानमन्त्री विधी पद्धतिबाट मुलुकलाई निकास दिन ताजा जनादेशमा गएको दाबी गरे।

अहिले पनि नेकपा पाटी फुट नभएको बताउँदै नेता ज्ञवालीले पाटी भित्रका केही नेता संसद पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलन छोडेर आउँदो बैशाखमा हुने निर्वाचनमा केन्द्रित भएर प्रचार प्रसारमा लाग्न पाटी नेता तथा कार्यकर्तालाई अनुरोध गरे। सडकमा गएका मित्रहरुले बाह्य शक्तिको हस्तक्षेपको आव्हान गरिरहेको नेता ज्ञवालीले बताए।

ज्ञवालीले तिक्ततापुर्ण भारत सम्बन्ध अहिले समधुर हुँदै गएको, भारतीय परियोजनाहरु पुन संचालनमा आएको, सीमा समस्या पनि वार्ताबाटै समाधान हुने नेता ज्ञवालीले बताए। नेता ज्ञवाली ओली पक्षिय जिल्ला कार्यकर्ताहरुलाई सम्बोधन गर्न पाल्पा आएका हुन्। पाल्पामा प्रचण्ड-नेपाल पक्षले यस अघि नै कार्यकर्ता भेला गरिसकेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome