बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

ओलीको कटाक्ष : भेट्नो कुहिएर झरेका फलले रुखै मै हुँ भनेर दावी गर्ने !

१८ पुष, २०७७ १६:५० मा प्रकाशित

421 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टी गतिसाथ अघि बढेको दावी गरेका छन् ।

‘समस्या कहाँ नेर रहेछ, जाम कहाँ रहेछ, खिया कहाँ लागेको रहेछ भनेको त खिया लागेको दुईटा नटबोल्ट फुक्लिएको थियो पार्टी गतिसाथ अघि बढिरहेको छ ।’

यस्तै उनले प्रचण्ड-माधव समूहले पार्टी आधिकारिकता र चुनाव चिन्ह दावी गरेको कुराप्रति पनि आपत्ति जनाए । आफ्नै घरलाई आफैँ दावी गरिराख्नु नपर्ने भन्दै उनले नेकपाको आधिकारिकता आफूहरुसँग नै रहेको संकेत गरे । ओलीले भने, ‘भेट्नो कुहिएर झरेका फलले रुखै मै हुँ भनेर दावी गर्ने ! जसको कटेरो उसैको पुच्छर बाहिर भनेजस्तो !’

ओलीले नेकपामा असली र नक्कलीको प्रसंग चलिरहेको प्रसंग कोट्याउँदै नेकपा ‘बरमजियाको पेडा पसल’ जस्तो नभएको बताए । ‘बरमजियाको पेडा पसल हो र असली र नक्कली भनेर भन्नलाई ?’

तर आफूहरुले अझै पनि प्रचण्डहरुलाई बैठकमा बोलाएको र उनलाई अध्यक्षबाट नहटाएको बताए। उनले भने, ‘ पुष्पकमल दाहाललाई हामीले अहिले पनि अध्यक्षमा राखेका छौँ । माधव नेपाल झलनाथलाई वरिष्ठ नेतामा राखेका छौँ । हामी कुनै हतारो गरेका छैनौँ । तर पेरिसडाँडामा पत्रकार सम्मेलन चलिराखेको छ ।’

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरे । ‘अलि अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि मान्छे भेला पार्छ । उहाँहरुको हालत त्यही हो । उहाँहरुसँग राजनीति छैन । लोकतन्त्र छैन ।’

यस्तै ओलीले आफ्नै नेतृत्व क्षमताका कारण देश विदेशमा समेत चिनिएको र आर्थिक उन्नती तीव्र रुपमा बढेको दावी गरे । पहिले नेपाललाई अन्तर्राष्ट्रिय मन्चमा नचिनिने तर अहिले सबैले चिन्ने उनको जिकिर थियो । ‘नेपालको प्रधानमन्त्री को हो भनेर भारतमा जोसुकैलाई सोधे पनि भन्न सक्छन् ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome