शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

मन्त्री साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते

१८ पुष, २०७७ १६:५५ मा प्रकाशित

729 पटक पढिएको

minister shah's vehicle hit and run

जनकपुरधाम – शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ ।

पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

उनको कम्मर र खुट्टामा चोट लागेको र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको एक प्रहरी अधिकारीले बताए । उनले भने, ‘ठक्कर दिएर भागेको गाडी मन्त्रीज्यूकै रहेको खुल्यो ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome