आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १५४ सहित देशभर थप ४१९ जनामा कोरोना पुष्टि, ७५० डिस्चार्ज

१९ पुष, २०७७ ०८:२७ मा प्रकाशित

620 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५४ जनासहित देशभर थप ४१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार ४३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा उपचारपछि कोरोना जितेर डिस्चार्ज हुनेको सङ्ख्या ७५० छन्। योसँगै नेपालमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेकोे सङ्ख्या दुई लाख ५३ हजार ८७५ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर अहिले पाँच हजार ७११ सक्रिय सङ्क्रमित छन्। ३६७ क्वारेन्टाईनमा रहेका छन् भने अन्य आइसोलेशनमा छन्।

पछिल्लो २४ घण्टामा देशभर थप ६ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८७० पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome