शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

बाघको आक्रमण बढेपछि राति पैदल, साइकल र मोटरसाइकल यात्रामा रोक

१९ पुष, २०७७ ०८:४२ मा प्रकाशित

722 पटक पढिएको

east west highway nepal

काठमाडौं – बर्दिया राष्ट्रिय निकुञ्जल अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा रातको समयमा पैदल, साइकल र मोटरसाइकल यात्रामा रोक लगाइएको छ ।

दैनिक पाटे बाघको आक्रामण बढ्न थालेपछि निकुञ्ज प्रशासनले सूचना सार्वजनिक गर्दै राति ८ बजेदेखि बिहान ६ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको हो ।

निकुञ्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गको अम्रेनी-कर्णाली चिसापानी सडकखण्डमा विगत केही महिनादेखि पाटे बाघको चहलपहल बढेको र शुक्रबार राति एकजनाको मृत्यु भएपछि निकुञ्ज प्रशासनले यो निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome