मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

६ महिनापछि दोधारा चाँदनीले सिंचाई सुविधा पाउँछ : ओली

१९ पुष, २०७७ ०८:४४ मा प्रकाशित

723 पटक पढिएको

prime minister of nepal kp oli

महेन्द्रनगर – प्रधानमन्त्री केपी ओलीले अबको ६ महिनापछि दोधारा चाँदनीले सिंचाई सुविधा पाउने बताएका छन् ।

शनिबार काठमाडौंमा कार्यक्रता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महाकाली सन्धि अनुसार शारदा ब्यारेजबाट दोधारा चाँदनीले पानी पाउने बताएका हुन् ।

‘तीन दिन अघि मात्रै ऊर्जा सचिवको टोलीले भारत गएर ६ महिनाभित्र नहर बनाउन सुरु गर्ने सहमति भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘महाकाली सन्धि अनुसार दोधारा चाँदनीले सिंचाई सुविधा पाउँछ ।’

उनले सम्झौता भएको ९२ वर्षदेखि शारदा नहरबाट दोधारा चाँदनीले पानी नपाएको एकीकृत महाकाली सन्धि अहिलेसम्म कुनै सरकारले सम्झौता पल्टाए नहेरेको समेत आरोप लगाए ।

महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी दोधारा क्षेत्रको सिंचाईका लागि भारतले १० घन मिटरप्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौता हालसम्म कार्यान्वयन भएको छैन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome