मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा १९७ सहित देशभर थप ४२१ जनामा कोरोना पुष्टी, ६३७ डिस्चार्ज

१९ पुष, २०७७ १७:२३ मा प्रकाशित

800 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९७ जनासहित देशभर थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ। ३६७ जना क्वारेन्टाईनमा रहेका छन् भने ५ हजार ४८७ जना आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome