शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

दाहाल-नेपाल समूहलाई आफ्नो समुहमा फर्कन ओलीको आग्रह

१९ पुष, २०७७ १७:२६ मा प्रकाशित

373 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको समूहलाई फेरि आफूहरुसँग फर्कन आग्रह गरेका छन् ।

‘आजकल उहाँहरु कहाँ हुनुहुन्छ सबैलाई थाहा छ । अचेल उहाँहरु मण्डलामा हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले बताए । तर उनीहरु नआए पनि आफ्नो अभियान अगाडि बढ्ने उनको दाबी छ ।

प्रचण्ड-माधव समूहले ‘हामी यता छौँ’ नामको अभियानमूलक प्रदर्शन आफूबाट नक्कल गरेको पनि ओलीले दावी गरे । केहीअघि आफूले दिएको अभिव्यक्तिमा भनेको कुराबाटै उनीहरुले सुगाले झैँ नक्कल गरेको उनको जिकिर छ ।

ओलीले भने, ‘हामी यता छौँ हैन अब म यता छु भन्नूस् । आउनूस् । हामी फेरि यतै छौँ भन्नूस् ।’ उनले ब्यंग्य गर्दै प्रचण्ड र माधव नेपालहरुलाई बैठकमा खोजेको तर उनीहरु त सडकमा गएको र अहिले कता पुगे भन्ने थाहा नभएको पनि बताए । उनले अघि भने, ‘तपाईँहरु सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो । तर तपाईँहरु सहिद त हैन ! ‘तपाईँहरुलाई कार्यक्रममा स्मरण गर्नुपर्ने आश्यकता पनि छैन । तर तपाईँहरुले धुलो उँडाउनुहुन्छ । हामीले पानी छम्किने हो । दुर्गन्ध फैलाउनुहुन्छ हामीले सफा गर्ने हो ।’

ओलीले प्रचण्ड समूहका नेताहरुलाई हरियो घाँसमा लुकेर बस्ने सर्पसँग पनि तुलना गरे । आइतबार काठमाडौंमा आफ्नो समूहको अनेरास्ववियुको भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । केपी ओलीलाई कारवाही गरेको भनेको तर आफूले अझै पार्टीमा फर्कन आग्रह गरेको भन्दै उनले व्यंग्य गरेका थिए ।

साथै वरिष्ठ नेता लगायत अन्य पदहरु कायम राखिएको भन्दै कटाक्ष गरेका थिए । ‘कार्यकारी पद हटाइदिएको छु । वरिष्ठ पद यथावत छ,’ उनले भने । प्रचण्ड समूहका नेताहरुलाई कुर्सी चाहिएकोले आफूले कुर्सी पनि सुरक्षित राखिदिएको भन्दै उनले टिप्पणी गरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome