बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

इरानको आणविक प्रशोधन केन्द्रमा भीषण आगलागी

२३ असार, २०७७ ०२:४५ मा प्रकाशित

445 पटक पढिएको

massive fire in nuclear plant iran

तेहरान, २२ असार : इरानको नतान्जस्थित आणविक प्रशोधन केन्द्रमा आगलागी भएको छ ।

यहाँका अधिकारीहरुले यसलाई दुखद् घटनाको रुपमा अर्थ्याएका छन् । जसले गर्दा युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरण उत्पादनमा ढिलाइ हुने उनीहरुको भनाइ छ । आगलागी भीषण भए पनि मानवीय क्षति भएको छैन । तर ठूलो आर्थिक नोक्सान भएको बताइएको छ । यद्यपि दुर्घटनाको कारण भने खुलाइएको छैन ।

अमेरिकासँग २०१५ मा भएको सम्झौता अनुरुप इरानले आणविक कार्यक्रम स्थगित गरेको थियो । तर अमेरिकाले इरानमाथि नाकाबन्दी लगाएपछि इरानले फेरि आणविक कार्यक्रम सुरु गर्न थालेको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome