बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

भारतमा कोरोनाका दुई खोपलाई आपत्कालीन अनुमति

१९ पुष, २०७७ १७:३१ मा प्रकाशित

685 पटक पढिएको

corona vaccine russia

काठमाडौं – भारतको औषधि नियामकले दुई वटा कोभिड-१९ विरुद्धका खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ । ती खोपहरू अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन छन् ।

ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले कोभिसिल्ड खोप ७०.४२ प्रतिशत प्रभावकारी रहेको बताएका छन्। भारतले यो वर्ष ३० करोड मानिसहरूलाई खोप दिने योजना बनाएको छ । कोभ्याक्सिन भने भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर तयार पारेको हो।

डीसीजीआईका निर्देशक डा. बिजी सोमानीले कोभ्याक्सिन सुरक्षित रहेको र त्यो प्रतिरक्षा क्षमता बलियो बनाउन सक्षम रहेको जनाएका छन् । उक्त निर्णयपछि ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले डीसीजीआईको कदमलाई निर्णायक मोड बताएका छन्।

जसमा ‘बधाई भारत’ भन्दै ती खोपले देशलाई कोरोनामुक्त पार्न सघाउने जनाएका छन्। विज्ञ समूहले खोपको सुरक्षा र प्रतिरक्षाको तथ्याङ्क मूल्याङ्कन गरेर सार्वजनिक हितका लागि आपत्कालीन स्थितिमा प्रतिबन्धित उपयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो ।

ती समूहले शुक्रवार र शनिवार ती खोपको स्विकृतिका लागि सिफारिस गरेका थिए। अन्य खोपको परीक्षण पनि जारी रहने बताइएको छ।

कोभिशिल्ड र कोभ्याकसिन दुवै खोपहरू दुई खेपमा दिइनेछ। जसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने बताइएको छ।

अक्सफर्डरएस्ट्राजेनिका खोपलाई स्थानिय रूपमै भारतको सेरम इन्स्चिच्युटले उत्पादन गरिरहेको छ। उसले प्रत्येक महिना ५ करोड डोज खोप उत्पादन गर्ने जनाएको छ।

भारतमै कैडिला हेल्थकेयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परिक्षणका लागि अनुमति दिइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome