सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

स्रोत नखुलेको डेढ करोड रकमसहित दुई पक्राउ

२० पुष, २०७७ १६:४१ मा प्रकाशित

680 पटक पढिएको

cash seized

काठमाडौं – स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौंको नागढुङ्गा चेकपोस्टबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तुको वाणगङ्गाका सङ्गम थारु रहेका छन् ।

कपिलवस्तुबाट काठमाडौं आइरहेको प्रदेश ३ २३ च २२५९ नम्बरको कार जाँच गर्दा कारको डिक्की भित्र स्पेयर टायर राख्ने ठाउँमा लुकाइ राखेको अवस्थामा स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँ प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

उनीहरुले भारतबाट भारतीय रूपैयाँ ल्याएर नेपालको सीमा क्षेत्रमा पटक–पटक गरी नेपाली रुपैयाँमा सटही गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उक्त रकम हुण्डी अथवा सुन कारोबारमा प्रयोगको लागि ल्याइएको हुन सक्ने महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताउनु भयो ।

पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पनि प्रहरीले जनाएको छ ।

cash seized
cash seized

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome