शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा १८५ सहित देशभर थप ४०४ जनामा कोरोना पुष्टी, ५९४ डिस्चार्ज

२० पुष, २०७७ १६:५२ मा प्रकाशित

460 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८५ जनासहित देशभर थप ४०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५९४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ। ३४२ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार २८९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २०९ जनाको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome