शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

५० राउण्ड गोलीसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट आमा-छोरा पक्राउ

२० पुष, २०७७ १६:५५ मा प्रकाशित

641 पटक पढिएको

bullets

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु नाताले आमा-छोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुको लगेज जाँच गर्दा गोली फेला परेको हो । विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार गोली लैजानुको उद्देश्यबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार मुनादेवी अवकाश प्राप्त प्रहरी कर्मचारीकी पत्नी हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome