शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा २३२ सहित थप ५२२ जनामा कोरोना पुष्टी, ५७८ डिस्चार्ज

२१ पुष, २०७७ १७:१३ मा प्रकाशित

562 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जनासहित थप ५२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ। ३४२ जना क्वारेन्टाईनमा रहेका छन् भने ५ हजार २२५ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। २०४ जनाको आइसीयूमा र ४४ भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome