मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

बिहेको प्रलोभन देखाएर बालिकामाथि बलात्कार गरेको अभियोगमा एक पक्राउ

५ श्रावण, २०७७ १२:५८ मा प्रकाशित

411 पटक पढिएको

arrested illustration

काठमाडौं – बालिकालाई बिहेको प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित आफ्नो साथीको डेरामा बालिकालाई लगेर जबरजस्तीकरणी गरेको उजुरी परेको छ । घटनाबारे जानकारी पाएलगत्तै ललितपुरको सातदोबाटोबाट उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित बालिका १६ वर्षीया हुन् । बिहे गर्छु भनेर उनलाई साथीको कोठासम्म लगेको पाइएको भनिएको छ । थप अनुसन्धान जारी छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome