बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

अत्यावश्यक नभएसमम सवारी साधन नचलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

२२ पुष, २०७७ ०७:४४ मा प्रकाशित

731 पटक पढिएको

ministry of health and population nepal

काठमाडौं – काठमाडौं उपत्यकाको वायु प्रदूषण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाकमा नजान अनुरोध गरेको छ । मन्त्रालयले घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको भए त्यसलाई केही दिनका लागि रोक्न अनुरोध गरेको हो ।

त्यसैगरी फोहोरको उचित व्यवस्थापनका नाममा जलाउने काम नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।

घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्थामा भएमा मास्कको प्रयोग अनिवार्य गर्न अनुरोध गर्दै मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न भनेको छ।

मन्त्रालयले धुलो, धुँवा उड्ने पेशा, व्यवसाय, निर्माण कार्य केही दिनलाई रोकन अनुरोध गर्दै अत्यावश्यक नभएसमम सवारी साधन नचलाउनसमेत भनेको छ ।

‘केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ । यसले श्वासप्रश्वासमा कठिनाई लगायत विविध स्वास्थ्य समस्या देखा पर्दछ’, मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome