शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १८४ सहित देशभर थप ४०९ जनामा कोरोना पुष्टी, ४९५ डिस्चार्ज

२२ पुष, २०७७ १६:४६ मा प्रकाशित

496 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८४ जनासहित देशभर थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ४९५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ। ३४२ जना क्वारेन्टाईनमा रहेका छन् भने ५ हजार १ सय ३३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९९ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome