मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक सिलवाल पक्राउ

५ श्रावण, २०७७ १३:०० मा प्रकाशित

396 पटक पढिएको

arrested illustration

काठमाडौं – प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दाका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक बालकोट बस्ने मधुसुदन सिलवाल छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख डीआइजी सहकुलबहादुर थापाका अनुसार सिलवालविरुद्ध दुई वटा बैंकिङ कसूरको मुद्दा दायर भएकोमा एउटामा दुई वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत तथा अर्कोमा तीन वर्ष कैद र एक करोड रुपयाँ जरिवाना सजाय तोकिएको थियो ।

कमसल धितो राखेर कर्जा लिएको अभियोग सिलवालमाथि थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome