मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

बालाजुमा कपडा काट्ने कैंचीले घोपेर एकको हत्या

२२ पुष, २०७७ १६:५३ मा प्रकाशित

690 पटक पढिएको

culprit in custody

काठमाडौं – बालाजुमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ। हत्यामा संलग्न भारत बिहारका सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बालाजु बाईपासस्थित न्यु टप टेलर्सका सन्चालकका जेठो छोरा कलाम मियाँ र सुबोध शर्मा बिच गए राति झगडा हुँदा उक्त घटना भएको हो ।

मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका कलाम मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेको प्रहरीले जनाएको छ। शर्माले पेटमा कैंचीले घोपेर घाइते बनाएका मियाँलाई उपचारका लागि त्रिवी शिक्षण अस्पतालमा महाराजग्न्ज लगिएको थियो। उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार भएका शर्मालाइ आज बिहान फर्पिङ्गबाट पक्राउ गर्न सफल भएको काठमाडौं महानगरीय प्रहरीका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो।

हत्या अभियोगमा पक्राउ परेका शर्माले भने झगडा हुदा मृतक मियाँले रडले हिर्काउन खोजेपछि आफूले आफ्नो बचाउको लागि प्रतिकार गर्दा उक्त घटना हुन गएको प्रहरीलाई बयान दिएका छन् ।

रातको १० बजे आफू पसल बन्द गर्न लग्दा रगताम्य अवस्थामा सुबोध शर्मासहित दुइजनाले उपचारको लागि मियाँलाई लिएर आएको बाइपासस्थित धनमयजु मेडिकल सन्चालन गर्दै आएका स्थानिय सरोज श्रेष्ठको भनाइ छ ।

मियाँको कपडा सिलाई कारखानामा उनीहरु सँगै काम गर्दै आएका थिए। पहिले कै रिसिवीको कारणले गर्दा सुवोधले मियाँलाई आक्रमण गरेको हुन सक्ने प्रहरिले बताएको छ। हत्या अभियोगमा पक्राउ परेका सुबोध शर्मालाई आवश्यक अनुसन्धानको लागि महानगरिय प्रहरी बृत बालजुमा राखिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome