मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

नयाँ कोरोना भाइरसले बेलायतमा एकैदिन १०४१ को मृत्यु

२३ पुष, २०७७ १६:५९ मा प्रकाशित

591 पटक पढिएको

corona dna

काठमाडौं – बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसले त्यहाँको जनजीवनमा असर पुर्याएको छ । तीव्र संक्रामक मानिएको यो भाइरसका कारण त्यहाँ अहिलेसम्मकै धेरै दैनिक संक्रमित र दैनिक मृत्यु हुनेको संख्या रेकर्ड गरिएको छ।

एकैदिन बेलायतमा कोरोना भाइरसका कारण १ हजार ४१ जनाको मृत्यु भएको जनाएको छ । वर्षको अप्रिलपछिकै सर्वाधिक मृत्यु संख्या हो । त्यहाँ एकै दिन ६२ हजार ३२२ जना संक्रमित भएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार बिहीबार बिहानसम्म बेलायतमा कोरोना संक्रमित २८ लाख ४५ हजार २६५ पुगेको छ। यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार ४७० पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome