मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

थप ४१२ जनामा कोरोना पुष्टि, ४८३ डिस्चार्ज

२३ पुष, २०७७ १७:०४ मा प्रकाशित

512 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख ५६ हजार ६४४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ५ हजार ५८ जना आइसोलेसनमा रहेका छन् भने ३४२ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ३ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome