सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

२८ पुष, २०७७ १७:२६ मा प्रकाशित

273 पटक पढिएको

bike thieves

काठमाडौं – चोरीको मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट धादिङ गल्छी गाउँपालिकाका २७ वर्षीय विजय तामाङ र र १८ वर्षीय आइतराज तामाङलाई मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टले जानकारी दिए। केही दिनअघि किर्तिपुर नगरपालिका ७ बस्ने पुण्य महर्जनले चोभारबाट मोटरसाइकल हराएको ट्राफिक महाशाखामा निवेदन दिएका थिए। निवेदनका आधारमा खोजतलास गर्दा मोटरसाइकलसहित उनीहरु पक्राउ परेका हुन्।

दुवैजनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त किर्तिपुर पठाइएको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome