शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

छात्रामाथी अभद्र व्यवहारको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

२८ पुष, २०७७ १७:२७ मा प्रकाशित

313 पटक पढिएको

arrested illustration

काठमाडौं – अभद्र व्यवहार गरेको आरोपमा रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार अभद्र व्यवहार गरेको आरोपमा विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।

आचार्यविरुद्ध त्यही अध्ययनरत छात्राले अभद्र व्यवहार गरेको भन्दै उजूरी गरेपछि उनलाई पक्राउ गरेको विष्टको भनाइ छ ।

‘अभद्र व्यवहार भएको भन्दै त्यही अध्ययनरत छात्राले जाहेरी दिनुभयो’, प्रवक्ता विष्टले भने, ‘त्यसका आधारमा हामीले सोमबार उहाँलाई नियन्त्रणमा लिएका छौँ ।’

प्रवक्ता विष्टका अनुसार आचार्यमाथि अनुसन्धान सुरु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome