शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा २५९ सहित देशभर थप ४३० जनामा कोरोना पुष्टि, ३९० डिस्चार्ज

२८ पुष, २०७७ १७:५७ मा प्रकाशित

642 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २५९ जनासहित देशभर थप ४३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३९० जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कुल २ लाख ५९ हजार ३५८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ छ। २३७ जना क्वारेन्टाइनमा छन् भने ४ हजार ३९० जना आइसोलेसनमा छन्। १५७ जनाको आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ३२ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome