बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

भन्सार नजिक भारतीय ट्रकभित्र चालकको शव फेला

२९ पुष, २०७७ १८:०७ मा प्रकाशित

572 पटक पढिएको

dead body

विराटनगर – विराटनगर भन्सार कार्यालयनजिक भारतीय नम्बर प्लेटको मालबहाक ट्रकभित्र मृत अवस्थामा चालकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित खोक्सामा राखिएको पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्र मंगलबार राति सुतेका चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मद भोलिपल्ट मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाकाअनुसार चालक नुर र पञ्जाव नै घर भएका सह–चालक २५ वर्षीय अब्दुल लतिक खाना खाएर मंगलबार राति ट्रकभित्र सुतेको खुलेको छ ।

बुधबार बिहान उठेर हेर्दा चालकलाई मृत अवस्थामा देखेको भन्दै सह–चालकले ९ बजेतिर प्रहरीलाई खवर गरेको थापाको भनाइ छ । उनकाअनुसार विराटनगर भन्सार कार्यालयनजिक रहेको घटनास्थलमा पुगेको प्रहरीले ट्रकभित्र ओढ्ने आढेर सुतिरहेको अवस्थामा चालकलाई मृत फेला पारेको हो ।

प्रनि थापाले मृत्युको कारण थाहा नभएको र शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको जानकारी दिए । उनकाअनुसार उक्त ट्रक चार दिनअघि सामान लिएर नेपाल प्रवेश गरेको पाइएको छ । नेपालतर्फ सामान ‘अनलोड’ गरेर पुनः सामान लिन भारततर्फ जाने तयारीमा ट्रकका चालक र सह–चालक तीन दिनदेखि भन्सारमा पालो पर्खिएर बसेको खुलेको उनको भनाइ छ ।

पालो पर्खने क्रममा तीन दिनदेखि उनीहरु खाना खाएर ट्रकमै सुत्ने र बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण यकिन भइनसकेको र पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुने थापाको भनाइ छ । नेपाल प्रहरीले भारत पञ्जावमा रहेका मृतक चालकका परिवारका सदस्यलाई घटनाका बारेमा जानकारी दिइसकिएको जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome