सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

नेपाल प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

१ माघ, २०७७ ०९:४३ मा प्रकाशित

456 पटक पढिएको

nepal police

काठमाडौं – नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकपछि उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सिफारिस सूचीमा एसपीहरु कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइटेल र मोहनप्रसाद पोखरेल छन् ।

सिफारिसमा परेका एसपीमध्ये महत, पञ्जियार र पाण्डेय एआईजी विश्वराज पोखरेलका ब्याची हुन् । बढुवा सिफारिसमा परेका अन्य अधिकृत पनि यसअघिका बढुवामा छुटेका एसपी हुन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome