बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

योग्यताका आधारमा केयूमा उपकुलपति नियुक्त गर्न डा. केसीको माग

१ माघ, २०७७ १७:४२ मा प्रकाशित

761 पटक पढिएको

dr govinda kc

काठमाडौं – प्रा.डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

उपकुलपति नियुक्तिका लागि तीन दर्जन बढी आवेदन परेको भन्दै उनले निष्पक्ष र न्यायोचित गर्न माग गरेका हुन् । उनले विज्ञमध्येबाट योग्यता र अनुभवका आधारमा नियुक्त गर्न माग गरेका छन् ।

‘पछिल्लो समय उपकुलपति नियुक्तिका लागि सर्च कमिटीले प्रक्रिया अघि बढाएको तथा सो पदका लागि तीन दर्जनभन्दा बढी आवेदनहरु परेको अवस्थामा नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनु पर्दछँ, डा. केसीले भनेका छन्, ‘त्यसका लागि विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मूल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गरिनुपर्दछ ।’

डा. केसीले मेडिकल शिक्षा नियमनमा विगतका वर्षमा देखिएको अनियमितता र बेथितिको अन्तय गर्न योग्य व्यक्ति नियुक्त गर्नुपर्ने उनको भाग छ ।

‘देशका आधाभन्दा बढी निजी मेडिकल कलेजहरु उक्त विश्वविद्यालय अन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरुको स्वार्थ र इशारामा पदाधिकारीहरु चल्ने गरेका छन्’, उनले भनेका छन्, ‘कतिसम्म भने निजी कलेजहरुलाई नेपाल सरकार मन्त्री परिषद्ले एमबीबीएस कार्यक्रमका लागि तोकेकोभन्दा बढी शुल्क लिन दिने गरी अवैध निर्णयहरु समेत भएका छन् ।’

डा. केसीले पछिल्लो सत्याग्रहमा भएका सम्झौता समेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी काम गर्न माग गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome