मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

संसद विघटनविरुद्ध माघ ३ गते कांग्रेसको देशभर प्रदर्शन

१ माघ, २०७७ १७:४४ मा प्रकाशित

269 पटक पढिएको

nepali congress

काठमाडौं – नेपाली कांग्रेसले संसद विघटनविरुद्ध यही माघ ३ गते देशभरका गाउँ नगरमा प्रदर्शन गर्ने भएको छ। ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो।

‘जुटौं संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा उठौं लोकतान्त्रिक संविधान रक्षाका पक्षमा ‘नारा लिएर गाउँ नगरमा प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ।

यसअघि पनि कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो। ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गर्न सुरु गरेको हो।

संसद विघटनविरुद्ध मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा जारी छ। अदालतको अन्तिम निर्णय नै मान्य हुने कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि राजनीतिक दलहरु सडक संघर्षमा छन्। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चालेको नेपाली कम्यनुस्टि पार्टी (नेकपा) दुई खेमा भएको छ। एउटा समूहको नेतृत्व केपी ओली स्वयंले र अर्कोपक्ष प्रचण्ड- नेपाल समूहको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome