१ माघ, २०७७ १७:४९ मा प्रकाशित
396 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४६ जनासहित देशभर थप ४०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४०५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कुल कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ छ । २३१ जना क्वारेन्टाइनमा छन् भने ४ हजार ४२६ जना आइसोलेसनमा छन्। यस्तै १५२ जनाको आइसीयूमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ४३ पुगेको छ ।