मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

टेकु अस्पतालमा माघ ४ देखि नन कोभिड बिरामीको उपचार हुने

१ माघ, २०७७ १८:०३ मा प्रकाशित

290 पटक पढिएको

sukraraj tropical and infectitious disease hospital teku

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले माघ ४ गतेदेखि नन कोभिड बिरामीको उपचार सुरु गर्ने भएको छ। कोभिड विशेष अस्पतालको रुपमा सेवा दिँदै आएको शुक्रराज अस्पतालले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि नन कोभिडका बिरामीको सुरु गर्ने जनाएको छ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ ४ गते आइतबारदेखि लागू हुने गरी पूर्ववत रुपमा नन कोभिड बिरामीहरुका लागि समेत अस्पतालमा उपलब्ध सेवा प्रवाह सूचारु गरिएको व्यहोरा सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँछौं।’

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएसँगै सरकारले शुक्रराज अस्पताललाई कोभिड विशेष अस्तालमा परिणत गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome