आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

जन्ती बोकेको जीप दुर्घटना : १२ घाइते, दुईको अवस्था गम्भीर

१ माघ, २०७७ १८:०५ मा प्रकाशित

760 पटक पढिएको

jeep plunges downhill

गुल्मी – कालीगण्डकी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जीप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार जीपमा सवार १२ जनामध्ये दुईजना गम्भीर घाइते भएका छन् भने अन्य १० जनाको अवस्था सामान्य रहेको बताइएको छ। घाइतेलाई उपचारका लागि स्याङ्जाको मिर्मीतर्फ लगिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome