आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

उपत्यकामा १७२ सहित देशभर थप २७० जनामा कोरोना पुष्टि, ३९० डिस्चार्ज

२ माघ, २०७७ १८:२४ मा प्रकाशित

588 पटक पढिएको

corona positive

कठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जना सहित देशभर थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३९० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा २ लाख ६० हजार ५६७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

देशभर ४ हजार ३०१ ज्ना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ सय ४८ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome