मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

दुई तिहाई मत जनताको सेवक बन्न दिएको हो तानाशाह बन्न होइन : डा. केसी

३ माघ, २०७७ १७:०२ मा प्रकाशित

682 पटक पढिएको

civil society in protest

काठमाडौं – डा.गोविन्द केसीले न्यायालय अग्नि परीक्षामा रहेको बताएका छन्। शनिबार माइतीघर मण्डलामा संसद विघटनविरुद्ध नागरिक समाजले गरेको प्रर्दशनमा बोल्दै डा.केसीले संसद विघटनको मुद्धा न्यायालयमा पुगिसकेकाले संविधानको रक्षा गर्ने दायित्व न्यायालयको भएको बताएका हुन्।

उनले संसद विघटन असंवैधानिक भएको बताउँदै संसद विघटन विरुद्धको मुद्धा न्यायालयमा भएकाले तीन करोड नेपालीको निगरानीमा न्यायालय रहेको बताए।

‘न्यायालयले संसद विघटनको मुद्धा सदर गरे न्यायालयको विरुद्ध जनता सडकमा आउन सक्छन्’, डा.केसीले भने, ‘न्यायालय अहिले अग्नि परीक्षामा छ।’

उनले ओली नेतृत्वको सरकार तानाशाह बनेको आरोप समेत लगाए। ‘जनताले दुई तिहाई मत जनताको सेवक बन्न दिएको हो तानाशाह बन्न होइन’, डा.केसीले भने, ‘तानाशाहीलाई जवाफदेही बनाउन दण्डित गनुपर्छ।’ त्यसै गरी प्रर्दशनमा सहभागी वरिष्ठ अधिवक्ता हृद्धयेश त्रिपाठीले ओलीले संविधानमाथि कु गरेको आरोप लगाए।

उनले प्रधानमन्त्रीले धारा उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भए पनि राष्ट्रपतिले धारा उल्लेख गरेर प्रधानमन्त्रीको निर्णय सदर गरेको बताए। ‘अब संसद पुनःस्थापना भयो भने पहिलो एजेन्डा राष्ट्रिपति माथि महाअभियोग लगाउनुपर्छ’, उनले भने, ‘संविधान संवत छभने राष्ट्रिपतिले स्वीकृत गर्ने हो संविधानविपरीत छ भने फिर्ता पठाउने हो त्यसमा थपघट गर्ने होइन।’ प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक संसद विघटन गरेको भन्दै देशव्यापी रुपमा दिनहुँ प्रदर्शन भइरहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome