३ माघ, २०७७ १७:५० मा प्रकाशित
431 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २४० जनामा कोरोना भाईरस (कोभिड्-१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ४७७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा २ लाख ६१ हजार ४४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
देशभर ४ हजार ५८ ज्ना सक्रिय संक्रमित रहेका छन् । ४ हजार ५८ जना आइसोलेशनमा छन् भने २३१ जना क्वारेन्टाईनमा छन् ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ सय ५४ पुगेको छ ।