४ माघ, २०७७ १८:१६ मा प्रकाशित
533 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७७ जनासहित देशभर थप २६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४५ जना, भक्पुरमा ९ जना र ललितपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४०० जना कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा २ लाख ६१ हजार ४४४ जनाले कोरोना जितेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ छ । २२१ जना क्वारेन्टाईनमा छन् भने ३ हजार ९१९ जना आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ५९ पुगेको छ ।