बुधबार, १३ श्रावण २०७८
बुधबार, १३ श्रावण २०७८

IT Training Nepal

नयाँ कोरोनाका कारण २०२० भन्दा २०२१ झन् कठिन हुने डब्ल्यूएचओको चेतावनी

४ माघ, २०७७ १८:१७ मा प्रकाशित

860 पटक पढिएको

who headquarters

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले नयाँ प्रकारको कोरोना भाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ । कोरोना भाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो ।

उच्च संक्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ र ब्रिटेनमा दैनिक मृत्यु कीर्तिमानी रूपमा बढाउन त्यसले सहयोग गरेको छ ।

दक्षिण अफ्रिकामा देखा परेको भाइरसको स्ट्रेन’ अर्थात् प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ। सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने क्षमता रहेकाले चिन्ता देखा परेको छ।

जापानमा अधिकारीहरूले पत्ता लगाएको अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिदिएको छ। उनीहरूले चारजनामा त्यस्तो किसिमको भाइरसको सङ्क्रमण भएको पहिचान गरेका छन्। ती मानिसहरू ब्रजिलमा सङ्क्रमित भएको ठानिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome