बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

४ माघ, २०७७ १८:२० मा प्रकाशित

308 पटक पढिएको

president bidhya devi bhandari and prime minister kp sharma oli of nepal

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता बाक्लो हुँदै आएको छ ।

भेटमा राजनीतिक विषयमै छलफल भएको बताइएको छ । भेटको विषयमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले औपचारिक जानकारी भने गराएका छैनन् ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटमा यिनै समसामयिक विषयमा करिब दुई घण्टासम्म छलफल भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome