सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

ट्रम्पका निर्णय उल्ट्याउँदै नवनिर्वाचित राष्ट्रपति बाइडेन

४ माघ, २०७७ १८:२८ मा प्रकाशित

438 पटक पढिएको

us president joe biden

वासिंटन – अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका निर्णय उल्ट्याउन थालेका छन् ।

पहिलो निर्णयको रुपमा उनले ट्रम्पले मुस्लिम मुलुकहरुबाट अमेरिका यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरिदिएका छन् । यस्तै पेरिस जलवायु परिवर्तन सम्झौतामा प्रतिवद्धता लगायत दर्जन बढी निर्णय उनले गरेका छन् ।

साथै कोभिड संकटका बेला ट्रम्पले गरेका निष्कासन तथा विद्यार्थीहरुको ऋण भुक्तानी सम्बन्धी निर्णय विरुद्ध पनि हस्ताक्षर गरेका छन् । यसवाहेक ट्रम्पका विवादित निर्णय विरुद्ध पनि उनले हस्ताक्षर गरे ।

तर बाइडेनले निर्वाचनका बेला नै प्रतिवद्धता गरेका मुद्दामध्ये महत्वपूर्ण मुद्दाको प्रक्रिया पहिलो दिनमै अघि बढाएका हुन् । बाइडेनका सहयोगीका अनुसार उनले आफ्नो सय दिने अवधिमै बृहत् आप्रवासी योजना पनि पेश गर्ने बताएका छन् ।

बाइडेनले निर्वाचनकै बेला प्रतिवद्धताको रुपमा अघि सारेको आप्रवासी योजनाले विनाडकुमेन्ट यहाँ रहे्का लाखौँ विदेशीहरुलाई नागरिकता प्रदान गर्ने बाटो खुलाउनेछ ।

यस्तै उनले पहिलो सातामै कोभिड राहत प्याकेजको भुक्तानी प्रक्रिया पनि बढाएका छन् । जस अन्तरगत १ दशमलब ९ ट्रिलियन डलर बराबरको राहत प्याकेज समावेश छ । बाइडेनले निर्वाचनमा प्रतिवद्धताको रुपमा अघि सारेका मुद्दालाई नै प्राथमिकता दिन थालेका हुन् । तर केही विश्लेषकहरुले भने ती निर्णयहरुलाई छिटै संसदीय प्रक्रियामा लगेर उपलब्धिको रुपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।

यही जनवरी २० मा उच्च सुरक्षा व्यवस्थाबीच बाइडेनको कार्यकालको उद्घाटन भएको छ । राष्ट्रपति निर्वाचनमा पराजित भएका ट्रम्पका समर्थकहरुको भीड क्यापिटल हिलमा छिरेर हिंसा मच्चाएपछि थप अन्योल सिर्जना भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome