५ माघ, २०७७ १६:४७ मा प्रकाशित
256 पटक पढिएको
काठमाडौं – महानगरिय प्रहरी परिसर ललितपुरले सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहा मैनपुर–४ का अजय भन्ने प्रमोद साह तेलि र बहुदरमाइ नगरपालिका–८ घर भै काठमाडौं गौशाला बस्ने मेवालाल साह तेलि रहेका छन ।
उनीहरुले सामाजिक सञ्जाल फेसबुक व्हाट्सएप मार्फत बजार भाउँ भन्दा सस्तोमा विभिन्न ब्राण्डका मोबाइल उपलब्ध गराउने झुठो बिज्ञापन गरेर ठगी गर्दै आएका थिए । उनीहरुले सस्तोमा मोबाइल दिने भन्दै विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ ।
पीडितको जाहेरीको आधारमा दुबै जनालाई ललितपुर प्रहरीले पर्साबाट पक्राउ गरि ललितपुर ल्याएको हो ।
यो गिरोहको विदेशसम्म कनेक्सन रहेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्य बताउनुहुन्छ ।
अहिलेसम्म यो गिरोहबाट ठगिने ८ जनाको उजुरी आएको र पिडितहरु अझै बढन सक्ने परिसरले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाइ ठगी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ ।